मुख्यमन्त्रीविरुद्ध कसैको घृणित टिप्पणीहरु सहन गरिने छैनः सञ्जित खरेल

IMG-20250223-WA0272

गान्तोक: एसकेएम पार्टीका उपाध्याक्ष प्रभारी सञ्जित खरेलले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री प्रेमसिँह तामाङविरुद्ध घृणित टिप्पणीहरू कदापि सहन नगरिने चेताउनी दिएका छन्। उनले सिक्किम सधैं एक शान्तिपूर्ण राज्यको रूपमा हेको र यो एकतालाई कदर र संरक्षण गर्नु पर्ने बताएका छन्। मुख्यमन्त्री तामाङको नेतृत्वमा रहेको एसकेएम पार्टी सरकारले भोटिया, लेप्चा, नेपाली, ब्यापारी र अन्य सबै समुदायलाई एक ठाउँमा ल्याएको दाबी गर्दै उनले पार्टीको लक्ष्य एकता हो विभाजन होइन भनी उल्लेख गरेका छन्। सिक्किमलाई जाति तथा धर्मको नाममा विभाजन गर्न खोज्ने राजनीतिदेखि माथि उठ्र काम गर्ने आग्रह गर्दै उनले विपक्षी दलहरूको सस्तो रणनीतिले खस समुदायलाई फूट गराउने काम गरेको आरोप लगाए। उनले प्रेस बयानमा उल्लेख गरेअनुसार सिक्किमका जनताले यस्ता घृणित राजनीति गर्ने नेताहरु चिनिसकेको भन्दै यदि कसैले हाम्रो नेतृत्वको गरीमा र निष्ठामा आँच पुऱ्याउने कार्य गरेमा पार्टी चुपचाप बस्ने छैनौ। यस्ता विभाजनकारी कार्यहरू पटक्कै नसहने बताउँदै कसैले सिक्किमको एकतालाई कमजोर बनाउन खोज्छ भने त्यसको जवाफ दिन जनता तयार हुनुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement