पद्मश्री तुलाराम उप्रेती राजकीय सम्मानका साथ पञ्चतत्वमा विलिन

IMG-20250223-WA0263

गान्तोक: पद्मश्री तुलाराम उप्रेतीको आज जालीपुलस्थित शान्ति स्थलमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो। स्वर्गीय उप्रेतीले आफूपछि सातजना छोरा, बुहारी एवं नाता नातिनी छोडी गएका छन्। सिक्किम पुलिसका जवानहरूले राष्ट्रिय तिरंगा झण्डा ओढाएर अन्तिम सलामी दिए। यसैगरी राज्य मन्त्रीमण्डलका सदस्यहरू क्रमैले सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री अरूणकुमार उप्रेती, राजु बस्नेत, एनबी दाहाल, विधायक बीएस पन्त, आदित्य गोले, मुख्यमन्त्रीका राजनितिक सचिव विकास बस्नेतलगायत भारी संख्यामा उपस्थित जनताले दिवंगत उप्रेतीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement