मुख्यमन्त्री तामाङको जनता भेट कार्यक्रम रिनाक क्षेत्रबाट शुरू

IMG-20250223-WA0260

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दोस्रोपल्ट सरकार गठन भएपछि रिनाक निर्वाचन क्षेत्रबाट पहिलो जनता भेट कार्यक्रम शुरू गरेका छन्। उल्लेखनीय छ, गत वर्ष सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा मुख्यमन्त्री तामाङले जुन निर्वाचन क्षेत्रले अधिक मात्रमा भोट दिएर उम्मेदवारहरूलाई विजयी गराउने छन्, सो क्षेत्रबाट जनता भेट कार्यक्रम शुरू गर्ने घोषणा गरेका थिए। मुख्यमन्त्री तामाङले चुनाउ अघि जनतालाई दिएको बचनलाई पुरा गर्दै आजदेखि रिनाक निर्वाचन क्षेत्रबाट तीन दिवसीय जनताभेट कार्यक्रम शुरू गरेका छन्। स्मरण रहोस्, मुख्यमन्त्री तामाङ रिनाक निर्वाचन क्षेत्र का विधायक पनि हुन्। उनले गत चुनाउमा अन्य क्षेत्रभन्दा सबैभन्दा अधिक मत हासिल गरेका थिए। आजको पहिलो जनता भेट कार्यक्रम पाकिम जिल्लाअन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पदम्चे माध्यमिक विद्यालबाट शुरू गरेका छन्। यस अवसरमा बुदाङ कमेरे ग्राम पञ्चायत यूनिट, इस्ट पाण्डाम जीपीयू, डिक्लिङ वार्ड, लोसिङ वार्ड र छलामथाङ पाचेखानी जीपीयू अन्तर्गत विभिन्न वार्डका मानिसहरूले मुख्यमन्त्री तामाङसँग भेट गर्दै गुनासो पोख्ने अवसर प्राप्त गरे। जनता भेट कार्यक्रमअन्तर्गगत मुख्यमन्त्री तामाङले भेटेका सबै जनतासँग उनीहरूको समस्या साथै गुनासोलाई सम्बोधन गरे। यस अवसरमा उनले विशेष गरेर विभिन्न रोगले ग्रसित रोगी, आर्थिक समस्याको कारण उच्च शिक्षा हासिल गर्न नपाएका विद्यार्थीहरूलाई प्राथमिकता दिएका छन्। स्मरणीय रहोस, एसकेएम पार्टी सरकारमा आएपछि वर्ष २०१९ देखि जनता भेट कार्यक्रम शुरू गरेको हो। यो कार्यक्रम शुरू गर्नुको मुख्य उद्देश्य विभिन्न समस्याले ग्रसित ग्रामीण क्षेत्रका जनताको गुनासो र समस्या पोखाउने एक माध्यम तयार गर्नु हो। भेट अवधिमा मुख्यमन्त्री तामाङले विभिन्न समस्याले ग्रसित व्यक्तिहरूको समस्यालाई तत्काल सम्बोधन गर्दै आइरहेको छन्। यसअवधि धेरै विद्यार्थी साथै रोगीहरूले लाभ उठाउन सकेका छन्।

भेटको क्रममा मुख्यमन्त्री तामाङले विशेष गरेर रोगी, वृद्धा र आर्थिक अवस्थाको कारण अध्ययन गर्न नसकेका विद्यार्थीहरूलाई प्राथमिकता दिएका छन्। आज रिनाकको पदम्चे माध्यमिक विद्यालयमा आयोजित जनभेट कार्यक्रममा केही विद्यार्थीहरूको सपना पुरा भएकोमा उनीहरूले खुशी प्रकट गर्दै राज्यका मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement