राजगञ्ज: राजगञ्ज ब्लकको माझियाली ग्राम पंचायत अन्तर्गत हरियारबाड़ी क्षेत्रमा आइतवार माटो धसिएर महिलासहितट तीनजना मानिसहरू पुरिए घाइते भाएका छन्। जानकारीअनुसार महिलाको अवस्था गम्भीर रहेको र फूलबाड़ीको एक निजी नर्सिंग होममा भर्ती छन्।
स्थानीय सूत्र अनुसार माझियाली ग्राम पंचायत अंतर्गत हरियारबाड़ी क्षेत्रमा लगभग छः महिनापूर्व एउटा पुल भत्किएको थियो। त्यसैकाे सरकारी रूपमा पुल निर्माण भइरहेको छ। यस निर्माण कार्यको लागि माटो खनन कार्य भइरहेको छ। आइतवार क्षेत्रका केही महिला अनि पुरूषहरू घरको आवश्यकताको लागि माटो ल्याउन त्यहाँ गएका थिए। यसैबेला तीनजना माटोमुनि पुरिए।
स्थानीयहरुले खबार पाउने साथ घटनास्थल पुगे र सबैलाई निकालेर अस्पतालमा लगे। यता सूचना पाएर राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुग्यो। माटोभित्र अझै कोही हुनसक्ने आशंकालाई ध्यानमा राखेर अर्थमूभरबाट खोजी कार्य शुरू गरिएको छ।