सिलगढी: विश्व महावीर चिला राईको ५१५औँ जन्मजयन्तीको अवसरमा कल्चरल सोसाइटीले रंगारंग शोभायात्रा र विभिन्न कार्यक्रम आयोजना गरेको छ।
आज सिलगढीको सेवक रोडबाट रंगारंग जुलुस निकालियो।
गत फरवरी १२ गते विश्व महावीर चिला राईको जन्मजयन्ती थियो तर त्यस दिन माध्यमिक परीक्षा हुने भएकाले जन्मजयन्ती सानातिना रुपमा मनाइएको थियो।
त्यसपछि आज विश्व महावीर चिला राईको जन्मजयन्ती भव्य रुपमा पालान गरियो।
सिलगढीको वार्ड नं ४१ मा पनि साँझ साँस्कृतिक कार्यक्रम मार्फत बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरियाे। सो अवसरमा प्रमुख अतिथिका रुपमा मेयर गौतम देव लगायतको उपस्थिति रहेको थियो।