दार्जीलिङ: बदमताम खेलकुद संघको तत्त्वावधानमा आयोजित ओपन नकआउट फूटबल टुर्नामेण्टमा सुम्बुक एफसी (सिक्किम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङ नजिक बदमताम (लेबोंग)-को स्थानीय खेल मैदानमा शनिवार भएको म्याचमा सुम्बुक एफसी-ले सोलोमन एफसी (डाली)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रभेश छेत्री, नोएल दर्जी र प्रतीक राईले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल म्याच ६ अप्रेलमा खेलिनेछ।