भारत-पाकिस्तान म्याचअघि बुमराहलाई आईसीसी पुरस्कारहरूले सम्मानित गरियो

IMG-20250223-WA0230

दुबई: भारतीय पेस बलर जसप्रीत बुमराहलाई आइतवार यहाँ भारत र पाकिस्तानबीच च्याम्पियन्स ट्रफीको म्याच शुरु हुन अघि आईसीसी साल २०२४-को निम्ति पुरस्कारहरूले सम्मानित गरियो, जसमा सालका सर्वश्रेष्ठ पुरुष क्रिकेटर र सालका सर्वश्रेष्ठ पुरुष टेस्ट क्रिकेटरको पुरस्कार पनि सामेल छ। ढाड़को चोटले गर्दा बुमराह च्याम्पियन्स ट्रफीमा खेलिरहेका छैनन्। बुमराहलाई यी दुई पुरस्कारहरूका साथमा २०२४-को निम्ति पुरुष टेस्ट अनि टी२० इण्टरनेशनल टीमहरूमा स्थान बनाएकोमा टीम क्याप पनि सुम्पिइयो। आईसीसी-ले यी चार पुरस्कारहरूमा प्रत्येकको साथ यस ३१ वर्षीय खेलाड़ीको तस्वीर शेयर गर्दै एक्स-मा लेखेको छ, जसप्रीत बुमराहलाई असाधारण २०२४-को निम्ति आईसीसी पुरस्कार र वर्षको टीम क्याप प्राप्त भयो। बुमराहले पाकिस्तानविरुद्ध म्याच अघि आइतवार अभ्यासको अवधि भारतीय टीमका साथीहरूसँग पनि भेट गरे। बुमराहको निम्ति गत वर्ष टेस्ट सीजन असाधारण रह्यो। उनले १३ वटा टेस्ट म्याचमा ७१ विकेट लिए। साल २०२४-मा दोस्रो सर्वाधिक विकेट लिने बलर ईंग्ल्याण्डका गस एटकिन्सन थिए। उनले ११ वटा म्याचमा ५२ विकेट लिएका थिए। बुमराहले साल २०२४-मा १४.९२-को औसतले विकेट हासिल गरे। यस अवधि उनी कपिल देव, अनिल कुम्बले र रविचन्द्रन अश्विनपछि एक क्यालेण्डर सालमा खेलको पारम्परिक प्रारूपमा ७० या त्यसभन्दा अधिक लिने चौथो भारतीय बलर बनेका थिए।
ईंग्ल्याण्डविरुद्ध गत वर्षको शुरुवातमा घरेलु सीरीजमा उनले ५ वटा टेस्टमा १९ विकेट लिएका थिए। यसरी उनले सालको समापन अष्ट्रेलिया यात्रामा त्यति नै टेस्ट म्याचमा ३२ वटा विकेटको साथ गरे। भारतको अष्ट्रेलिया यात्राको अवधि बुमराहले टेस्ट क्रिकेटमा आफ्नो २०० विकेट पनि पूरा गरे। टेस्ट क्रिकेटमा बेजोड़ प्रदर्शनको साथमा बुमराहले वेष्ट इण्डिज र अमेरिकामा भएको आईसीसी टी२० वर्ल्ड कपमा भारतको खिताबी जीतमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले यस वैश्विक टुर्नामेण्टमा १५ विकेट लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement