खरसाङको टाँसी फिन्चो मोक्तान भोइस अफ् नेपालको ब्याटल राउण्ड पार गर्न सफल

IMG-20250223-WA0244

खरसाङ: खरसाङको सुपुत्र टाँसी फिन्चो मोक्तान नेपालको रियालिटी शो भोइस अफ् नेपालको मञ्चमा पुगेका छन्। उनले भोइस अफ् नेपालको मञ्चमा पुगेर हालमा ब्याटल राउण्ड पनि पार गरिसकेका छन्। भोइस अफ् नेपालको मञ्चमा सर्वप्रथम उनले ब्लाइण्ड राउण्डमा तीनजना निर्णायकहरुको चौकी घुमाउन सफल बनेका थिए भने उनी वरिष्ठ गायक एंव संगीतकार उदय सोताङको टिममा गएका थिए। उनले त्यसपछि ब्याटल राउण्ड पनि पार गर्न सफल बनेका छन्।‌ खरसाङको गिद्ध पहाडस्थित सिरुबारी निवासी पिता विवेक मोक्तान र माता रेखा मोक्तानको सुपुत्र टाँसी फिन्चो मोक्तान योभन्दा पहिला हिमालयन आईडलको फाइनलिस्ट पनि हुन्। उनी सानैदेखि सांगीतिक क्षेत्रमा लागि परेका छन्। उल्लेखनीय छ उनको बाजे मानसिंह मोक्तान वरिष्ठ लोक गायक, संगीतकार एंव गीतकार पनि हुन्। टाँसी फिन्चो मोक्तानले आफ्ना बाजे मानसिंह मोक्तानबाट सिकेका थिए। आफ्नो बाजेको पाइलालाई पछ्याउँदै टाँसी फिन्चो मोक्तानले आफ्नो सांगीतिक यात्रालाई अघि बढाईरहेका छन्। उनले आफ्नो प्रस्तुतिले खरसाङ लगायत सम्पूर्ण पहाडलाई नै गौरान्वित बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement