खरसाङको रोहिणी लाप्चेटारमा भागोप्रमोको सभा सम्पन्न

IMG-20250223-WA0239

खरसाङ: भागोप्रमो रोहिणी खण्ड समितिको आयोजनामा खरसाङको रोहिणीमा युनिट कमिटी गठनको कार्यलाई अघि बढाउँदै रोहिणी लाप्चेटारमा खण्ड समितिको सभापति दिपक तामङको सभापतित्वमा युनिट कमिटी गठन हेतु सभा सम्पन्न गरियो। सभामा सर्वसहमतिद्वारा युनिट कमिटी गठन गरियो जसमा सभापति सदिश प्रधान, उप सभापति श्यामकुमार राई, सचिव शरण प्रधान, सह सचिव प्रबिन देवान, प्रमुख सल्लाहकारहरू दिलबहादुर प्रधान, धन बहादुर प्रधान, आरके देवान, समीर देवान, सुदन राई, किशोर छेत्री, सचिन राई, राजा राई, धिराज राई र ११ जना कार्यकारी सदस्यहरू चयन गरिएको छ। सभालाई खरसाङ महकुमा सांगठनिक सचिव गजेन प्रधान, बिसन गोले, घैयाबारी तीन पञ्चायत प्रधान सुष्मा वाईबा राई, दिल बहादुर प्रधान,सचिन राई, खण्ड समिति सभापति दिपक तामाङ आदिले सम्बोधन गर्दै चयनित प्रतिनीधिगणलाई शुभकामना र बधाई जनाए। सभाको सञ्चालन ब्लक सचिव उत्तम मुखियाले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement