अव्यवस्थित तारहरु हटाएर व्यवस्थित दार्जीलिङ बनाइनु पर्ने मागमा दार्जीलिङ लक्ष्य समूहद्वारा नगरपालिका प्रशासन समक्ष ज्ञापन

IMG-20250223-WA0237

दार्जीलिङ: दार्जिलिङ बजारमा टाउकोमाथिको अव्यवस्थित तारहरु हटाएर व्यवस्थित दार्जीलिङ बनाइनु पर्ने मागमा दार्जीलिङ लक्ष्य समूहले नगरपालिका प्रशासन समक्ष ज्ञापन सुम्पेका छन्। मुख्य गरी दार्जिलिङको छोटा कागझोडा क्षेत्रको बाटो किनारा फुटपाथ मास्तिर लत्रिएको तार अनि पाइपहरुको कारण जनसाधारण, आम बटुवा अनि विद्यार्थीहरुलाई समस्या हुने गरेको समझहको भनाइ छ। यसबाहेक ६ बुदेँ ज्ञापनमा बहुतल्ले भवन निर्माणमाथि रोक, झोडा नाला अनि बाटोको अतिक्रमण हटाउने, अधुरो विद्युतीय दाह संस्कार गृहको योजना पूरा गर्नसँगै क्षेत्रको संरक्षण, समुचित फोहोर मैला व्यवस्थापन र शहरमा निशुल्क शौचालय उपलब्ध गराउनुपर्ने समझहले माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement