खरसाङ: खरसाङ टाउन क्षेत्रमा ट्राफिक जामको समस्या समाधानका लागि सोमबारदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म नो इन्ट्री लगाइने भएको छ। यस विषयमा खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्रीले उक्त जानकारी गराएका छन्। उनले पत्रकारहरुलाई जानकारी गराए अनुसार खरसाङमा विद्यालयहरु खोलिएपछि खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि सोमबारदेखि नो इन्ट्री शुरु गरिएको छ। उनले बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो २ बजीदेखि ४ बजेसम्म नो इन्ट्री लगाइने भएको र यसावधि बिहान र दिउँसो तलबाट आएका ट्रकहरुलाई रोहिणी जिरो पोइन्ट क्षेत्रमा र माथिबाट आएका ट्रकहरुलाई सन्त मेरिज क्षेत्रमा नै रोकिने भएको भएको छ। यसको साथै समय समयमा स्थितिलाई बुझेर खरसाङ टाउनको जाम, स्कूल खोलिएको साथै टुरिस्ट सिजनलाई टुरिस्ट लजबाट ट्राफिक डाइभट गरिने ट्राफिक ओसी बीरेन्द्र छेत्रीले बताएका छन्। उनले यस कार्यमा सबैलाई सहयोगको लागि अनुरोध गरेका छन् भने असुविधाको लागि खेद प्रकट गरेका छन्। ट्राफिक ओसी छेत्रीले खरसाङ बजारमा जाम नहोस् भनेर साथै स्कूल गाडीहरु सबैले विद्यार्थीहरु स्कूल पुराएर सबै गाडीहरु आईएनए बस बिसौनीमा लगेर पार्किङ गर्नु पर्ने बताएका छन्। यसको साथै स्कूलको समय हुन अघि स्कूलको तलतिर सडकमा गाडी जाम हुने गरी नराखिदिने चालकहरुलाई अनुरोध गरेका छन्। उनले चालकहरुलाई स्पिड गाडी नकुदाई दिने साथै स्कूल गाडीहरु सुरक्षित ठाउँ हेरेर विद्यार्थीहरु गाडीमा हालेर लाने अनुरोध गरेका छन्। खरसाङ ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले बजारको व्यावसायीहरु, दोकानेहरु र जनसाधारणलाई बिहान 7 बजे अघि नै अनि बेलुका 8 बजेपछि सामानहरु अनलोड गर्ने अनुरोध गरेका छन् भने यो तोकिएको समयबाहेक अरु समयमा अनलोड गरिए कार्वाही गरिने बताएका छन्। उनले यो खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि, बाटो हिँड्ने जनसाधारणको सुरक्षा र सुविधाको लागि यसो गरिएको जानकारी गराएका छन्।