आगलागीबाट दुई घर जलेर खरानी

IMG-20250223-WA0210

जलपाईगुडी: राजगञ्ज ब्लकको फटापुकुरको झांजुपाडा क्षेत्रमा आज दिउँसो भीषण आगलागी हुँदा दुईवटा घर जलेर खरानी भएका छ। घटनास्थलमा दुईवटा दमकल पुगे पनि उनीहरुले घर बचाउन सकेनन्।
स्थानीय स्रोतका अनुसार झाँजुपाडाको इरानी बस्ती झुग्गी-झोपड़ीकाे घनाबस्ती भएकोले बस्तीभित्र पस्ने बाटो छैन।
यसबाहेक घरको माथि बिजुलीको तार पनि छ। सर्ट सर्किटका कारण आगलागी भएको स्थानीयले बताएका छन्। घरमा अचानक आगलागी भएको खबर पाएकाे घरको कामले बाहिर गएकी घरधनी सोनिया गोआलाले बताइन्।
घर फर्कने बित्तिकै घर पुरै जलिरहेको उनले देखे। त्यसपछि स्थानीयवासीले पानी हालेर आगो निभाउने प्रयास गरि रहेकाे समय दमकलको गाडी पुगेर करिब एक घण्टाको प्रयासमा आगो निभाए।
तर, राजगञ्ज ब्लकको ठूलो क्षेत्रमा फायर स्टेसन नभएका कारण बेलाबेलामा आगलागी हुँदा केही पनि बचाउन नसकिएको स्थानीयको दाबी छ।
जलपाईगुडी वा सिलगढीबाट दमकल पुग्न डेढ देखि दुई घण्टा लाग्ने भएकाले त्यतिन्जेल सबै जलेर खरानीमा परिणत भइसकेकाे हुन्छ। छिट्टै राजगञ्ज ब्लकमा फायर स्टेशन स्थापना भएपछि स्थानीय जनताले लाभान्वित हुनेछन् भनि
बासिन्दाहरुले भनेे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement