सिलगढी: सिलगढीमा पहिलो पटक तराई हिमालयन महोत्सवकाे आयोजना गरिएको छ। दश घन्टासम्म चल्ने यस महोत्सवमा मानिसहरूको भीड लागेकाे छ।
उल्लेखनीय छ, दार्जिलिङ जिल्ला प्रशासन, सिलगढी महानगरीय पुलिस र सिलगढी महानगरपालिकाको संयुक्त पहलमा आइतबार पहिलो पटक सिलगढीकाे सेवक मोडदेखि एयर भ्यू मोडसम्म तराई हिमालय महोत्सव आयोजना गरिएको हाे।
महोत्सवको उद्घाटन दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयल, सिलगढी मेयर गौतम देब, सिलगढी महानगरीय पुलिस आयुक्त सी सुधाकर, नगर निगमका उपायुक्त रञ्जन सरकार, एसडीओ सिलगढी र अन्य गणमान्य व्यक्तिहरूले गरे।

दश घन्टासम्म चल्ने यस महोत्सवमा पुष्प प्रदर्शनी, पाल्तु जनावरको प्रदर्शनी, कला प्रदर्शनी लगायतका विविध गतिविधिहरु आयोजना गरिने छ। यी प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम पनि समावेश छ।
यस महोत्सवकाे मंचबाट दार्जिलिङको परम्परा र संस्कृतिलाई विशेषगरी देखाइने छ।

महोत्सव दिउँसो १२ बजेदेखि राति १० बजेसम्म चल्ने भएकाले पुलिस प्रशासनलगायत सबै आपत्कालीन ब्यवस्थाहरु परिचालन गरिएको छ भने पुलिसकाे विशेष निगरानी रहने छ।