जलपाइगढी। आग्नेयास्त्र, धारिलो हतियारसहित जलपाइगढी कोतवाली थाना पुलिसले ४ जना बदमासलाई पक्राउ गरेपछि आज जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेकाहरूमा तोतन दास, शुभङ्कर राय, सोमनाथ दास र शुभम राउत सामेल छन्।
राजबारी पोखरी संलग्न इलाकामा डकैती गर्ने उद्देश्यले केही दुष्कृतिहरू भेला भएको गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर ४ जना दुष्कृतिलाई पक्राउ गरे तापनि अन्य केही कुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनास्थलबाट एउटा आग्नेयास्त्र, कार्तुस र धारिलो हतियार उद्धार गरेको छ।