गौरबंग विश्वविद्यालयमा आठ वर्षदेखि दीक्षान्त समारोह नहुँदा विद्यार्थी समस्यामा

IMG-20250223-WA0156

मालदा: गौरबंग विश्वविद्यालयमा विगत आठ वर्षदेखि दीक्षान्त समारोह बन्द हुँदा विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीले प्रमाणपत्र पाउन सकेका छैनन्।
यस्तो अवस्थामा यस विश्वविद्यालयका विद्यार्थीले उच्च शिक्षा वा रोजगारीमा पाउन समस्या भोगिरहेका छन्।
यी विद्यार्थीहरूले व्यावसायिकता पाए पनि ६ महिना भित्र प्रमाणपत्र देखाउनु पर्छ। जसको नतिजा गौरबंगबाट पास आउट भएका विद्यार्थी प्रमाणपत्रलाई बारम्बार विश्वविद्यालयमा आउनुपरेको छ।
बारम्बार उप-कुलपति वा रजिष्ट्रारलाई फोन गर्दा पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ।
गौरबंग विश्वविद्यालयका रजिस्ट्रार विश्वजित दासले यो समस्या स्वीकार गरेका छन्।
कहिले राजभवन, कहिले राज्य सरकारबाट अनुमति नपाएका कारण यस्तो समस्या भएको रजिस्ट्रारको भनाइ छ।
गभर्नरले विश्वविद्यालयहरूको नियन्त्रण आफ्नु हाथमा राख्न चाहन्छन्। जसले गर्दा दीक्षान्त समारोहले स्वीकृति पाएको छैन।
गोप्य स्रोतका अनुसार विश्वविद्यालयमा दीक्षान्त समारोहको नाममा करोडौंको भ्रष्टाचार भएको छ। त्यसैले राज्य सरकारले यो कार्यक्रम ८ वर्षदेखि रोकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement