विकेटकीपर ईंंग्लिशको रेकर्ड शतक, अष्ट्रेलिया4को रेकर्ड जीत

IMG-20250223-WA0137

लाहौर: विकेटकीपर ब्याटर जोश ईंग्लिशको यादगार शतकको सहायताले अष्ट्रेलियाई टीमले च्याम्पियन्स ट्रफीको म्याचमा ईंग्ल्याण्डले दिएको ३५२ रनको रेकर्ड लक्ष्यलाई पनि हासिल गरेर देखायो। यो च्याम्पियन्स ट्रफीको इतिहासमा कुनै पनि टीमले हासिल गरेको सबैभन्दा ठूलो लक्ष्य हो। अष्ट्रेलियाई विकेटकीपर ईंग्लिशले विध्वंशी शतकको साथ यस लगभग असम्भव लक्ष्यलाई पनि सम्भव गरेर देखाए। पाँचौं नम्बरमा ब्याटिंग गर्दै ईंग्लिशले ६ वटा छक्का र ८ वटा चौकाको साथ ८६ बल खेलेर अविजित १२० रन बनाए। यसको साथै उनी खेलको तीनैवटा प्रारूपमा शतक बनाउने अष्ट्रेलियाका चौथो क्रिकेटर बने। यसअघि शेन वाटसन, ग्लेन म्याक्सवेल र डेविड वार्नरले यस उपलब्धिलाई हासिल गरेका थिए। ईंग्ल्याण्डका बलरहरूलाई भरपूर शास्ती दिने ईंग्लिशले आफ्नो शतक केवल ७७ बलमा पूरा गरे। यो च्याम्पियन्स ट्रफीको इतिहासमा संयुक्त रूपले सबैभन्दा तेज शतक हो। उनले भारतका विरेन्द्र सहवागको रेकर्डको बराबरी गरे। सहवागले २००२-मा ईंग्ल्याण्डविरुद्ध नै कोलम्बोमा ७७ बलमा शतक बनाएका थिए। यस सूचीमा तेस्रो स्थानमा रहने भारतका शिखर धवनले २०१३-मा दक्षिण अफ्रिकाविरुद्ध ८० बलमा शतक बनाएका थिए। यसरी तिलकरत्ने दिलशानले दक्षिण अफ्रिकाविरुद्ध २००९-मा ८७ बलमा शतक बनाएका थिए। प्लेयर अव् द म्याच बन्ने ईंग्लिशले भने, अहिले त म आकाशमा छु। यो जीत असाधारण रह्यो। ईंग्ल्याण्डविरुद्ध म्याच सदा झैं कठिन हुने हामीलाई थाहा थियो। कुनै पनि म्याचमा ३५० को स्कोरलाई खेदो गर्दै दिमागमा धेरै कुराहरू रहन्छ। धेरै कुराहरू सही रहनु पर्छ। अहिले म वास्तवमा उत्साहित छु। म्याचको कुरा गर्दा लाहौरको गद्दाफी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले बेन डकेटको शतकको सहायताले ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रनको विशाल स्कोर बनायो। डकेटले १४३ बल खेलेर १६५ रन बनाए। उनले १७ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक जो रुटले ६८ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा बेन ड्वारशुइसले सर्वाधिक ३ विकेट लिए। त्यसपछि शुरुवात खराब रहे पनि अष्ट्रेलियाले ईंग्लिशको शतकको सहायताले असाधारण पुनरागमन गर्दै ४७.३ ओभरमै ५ विकेटमा ३५६ रन बनाएर म्याच जित्यो। ईंग्लिश बाहेक अष्ट्रेलियाको तर्फबाट म्याचमा एलेक्स केरीले ६३ बलमा ६९ र म्याथ्यू शर्टले ६६ बलमा ६३ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement