साइकलमा विश्व भ्रमणमा गर्दै लण्डनका युवा ऑस्कर

IMG-20250223-WA0152

नेपाल हुँदै हाल पुगे भारत, भने: भारतीयहरू प्रकृतिका पूजारी

सिलगढी(पश्चिम बंगाल, भारत): लण्डनबाट साइकलमा विश्व भ्रमणमा निस्किएकाे ऑस्कर नामका युव। भारत आइ पुगेका छन्।
युरोप, अफ्रिका, केन्या, केप टाउन हुँदै हाल नेपाल भ्रमण सकेर भारत आएको उनले बताए। यहाँबाट ऑस्कर पाकिस्तान र अष्ट्रेलिया तर्फ जाने छन्।
ऑस्कर अहिले उत्तर बङ्गालमा यात्रा गरिरहेका छन्। जलपाईगुडी हुँदै काेचबिहार जाने क्रममा जलपाईगुडीमा उहाँसँग कुरा गर्नेहरूलाई उनले आफ्ना अनुभवहरू सुनाए।
आफूलाई कौगर साइकलमा विश्व भ्रमण गर्ने पहिलो व्यक्ति भएको ऑस्करले बताए।
उनले भारतको प्रकृति र मानिसहरूको प्रशंसा गरे। उनले उत्तर-पूर्वी भारतको शान्तिपूर्ण वातावरणको बारेमा पनि कुरा गरे।
ऑस्करले भारत आउँदा जङ्गली हात्ती पनि देखेको र ‘आवश्यक पर्दा स-साना हिन्दी शब्दहरू प्रयोग गरेकाे ऑस्करले बताए।
यहाँका मानिसहरू धेरै राम्रा रहेकाे उनले बताए। त्यसपछि उहाँसँग कुरा गर्ने मनिसरुकाे अभिवादन गर्दै आफ्नो नयाँ गन्तव्यतर्फ प्रस्थान गर्नुभए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement