बालुरघाटमा “ह्याप्पी स्ट्रिट” कार्यक्रमको आयोजना

IMG-20250223-WA0126

बालुरघाट: बालुरघाटको सडक आइतबार बिहान एकनयाँ पहलका साथ जीवन्त भएकाे छ।
आज बालुरघाट नगरपालिका र दक्षिण दिनाजपुर प्रेस क्लबको संयुक्त पहलमा ‘ह्याप्पी स्ट्रिट’ नामक विशेष कार्यक्रमको शुभारम्भ गरियाे। यो राज्यमा आयोजित चौथो र उत्तर बंगालमा दोस्रो यस प्रकारको विशेष कार्यक्रम हो।
बिहान ६ः३० बजेदेखि शुरुभएको यस कार्यक्रममा शहरका सबै उमेरका मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो। योग, कराटे र जुम्बा लगायत शारीरिक र मानसिक स्वास्थ्यमा केन्द्रित विभिन्न कार्यक्रमहरूकाे आयोजना गरिएको थियो।
विशेष आवश्यकता भएका बालबालिकाका लागि छुट्टै तालिम सत्र पनि आयोजना गरिएको थियो। शारीरिक व्यायाम साष-साथ चित्रकला, सायक्लिंग, जिम्न्यास्टिक, स्केटिङ जस्ता विभिन्न रोचक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो।उद्घाटन समारोहमा दक्षिण दिनाजपुर जिल्ला मजिस्ट्रेट बिजिन कृष्ण, पुलिस सूपरिन्टेन्डन्ट चिन्मय मित्तल, बालुरघाट नगरपालिका अध्यक्ष अशोक मित्र र अन्य पार्षदहरू उपस्थित थिए।


आज बालुरघाट बासिन्दाहरुको ठुलाेमात्रामा सहभागिताले यहाँको बिहान रङ्गीन बनेको छ।
‘ह्याप्पी स्ट्रिट’ मार्फत स्वस्थ जीवनको सन्देश एक कदम अगाडि बढेको आयोजकको विश्वास छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement