कोलकाता: जेएसडब्ल्यु ग्रुपका अध्यक्ष सज्जन जिन्दललाई १५औं एआईएमए म्यानेजिङ इण्डिया अवार्ड्समा प्रतिष्ठित ‘बिजनेस लिडर अफ डिकेड’ सम्मान प्रदान गरिएको छ। यो सम्मान जेएसडब्ल्यु ग्रुपलाई एक विश्वव्यापी समूहमा विस्तार गर्न उनले देखाएको परिवर्तनकारी नेतृत्वका लागि दिइएको एक प्रेस विज्ञप्तिमा बताएको छ। उक्त सम्मान एक विशेष समारोहमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान प्रमुख अतिथिको रूपमा तथा वाणिज्य एवं उद्योग तथा इलेक्ट्रोनिक्स तथा आईटी राज्य मन्त्री जितिन प्रसाद विशिष्ट अतिथिको रूपमा उपस्थित रहँदा प्रदान गरिएको बताइएको छ। प्रशस्ति पत्र केपीएमजी इण्डियाका प्रमुख कार्यकारी अधिकृत येजदी नागपुरेवालाले पढेका थिए। सज्जन जिन्दलको नेतृत्वमा जेएसडब्ल्यु समूहले उल्लेखनीय प्रगति हासिल गरेको छ, जसको परिणामस्वरूप कम्पनीको आम्दानी दोब्बरभन्दा बढी वृद्धि भई २४ अर्ब अमेरिकी डलर पुगेको छ। उनको रणनीतिक दृष्टिले जेएसडब्ल्युको वार्षिक इस्पात उत्पादन क्षमता लगभग तीन गुणा वृद्धि भई ३९ मिलियन टन पुगेको छ। साथै, समूहलाई नवीकरणीय ऊर्जा र सिमेन्ट निर्माणमा एक प्रमुख खेलाडीको रूपमा स्थापित गरेको छ।
यो सम्मान भारतको भौतिक पूर्वाधार आधुनिकीकरणमा जेएसडब्ल्यु समूहको योगदानमा सज्जन जिन्दलको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिनका लागि प्रदान गरिएको हो। उनको नेतृत्वमा जेएसडब्ल्यु भारतको बन्दरगाह क्षेत्रको दोस्रो ठूलो निजी कम्पनीको रूपमा उदाएको छ। साथै, अन्तर्राष्ट्रिय साझेदारीमार्फत विद्युतीय सवारी साधन तथा सैन्य ड्रोन जस्ता भविष्य-केन्द्रित क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। अखिल भारतीय व्यवस्थापन संघ (एआईएमए) म्यानेजिङ इण्डिया अवार्ड्स भारतको व्यापारिक परिदृश्यमा विशिष्ट योगदान पुर्याउनेहरूलाई सम्मान गर्ने एक प्रतिष्ठित कार्यक्रम हो। यस समारोहमा विभिन्न प्रतिष्ठित पुरस्कार विजेता, उद्योग क्षेत्रका नेताहरू र एआईएमएका पदाधिकारीहरू १५औं संस्करणको ऐतिहासिक अवसर मनाउन भेला भएका थिए।