सामसन तामाङ पॉंच दिनको पुलिस रिमाण्डमा

n65315430117402487619630beda1c72ae46aadb0fdbc5b7c6c4a4f915629184c59e8c4e16fb0a7d7461b52

गान्तोक: दार्जिलिङको पेशोक निवासी सामसन तामाङलाई पॉंच दिनको पुलिस रिमाण्डमा पठाइएको छ। सिक्किम पुलिसले दिनाेंको अथक प्रयासपछि बोधगया, बिहारबाट पक्राउ गरेर सामसनलाई हिजो सिक्किम ल्याइएको हो।
सिक्किम पुलिसले आज आरोपी तामाङलाई न्यायालयमा पेश गरेर पॉंच दिनको पुलिस रिमाण्ड माग गरेको र रिमाण्ड स्वीकृत भएको जानकारी गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले आज यहॉं सदर थानामा आयोजित एक पत्रकार सम्मेलनमा बताए। उनले रिमाण्ड अवधि आरोपीसॅंग सोधपुछ गरिने र आरोपी विरुद्ध न्यायालयमा स्वीकार्य प्रमाणहरू जुटाउन काम गरिने बताए।
पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफमा वरिष्ठ पुलिस अधीक्षक लेप्चाले लामो यात्रा तय गरेर आरोपीलाई लिएर आएको हुॅंदा रम्फू पुलिस थानामा वाहन रोकिएको बताए। यस क्रममा आरोपी वाहनदेखि बाहिर निक्लिने क्रममा मिडियाले प्रश्न गरेको हो भनी उनले स्पष्ट गरे।
आरोपी तामाङले मिडियालाई दिएको बयानको बारेमा प्रश्न गर्दा उनले मिडियामा दिएको बयानलाई न्यायालयमा बुझाउन सकिॅंदैन भने। उनले जॉंच एजेन्सीको रूपमा पुलिसको काम भनेको न्यायालय समक्ष स्वीकार्य प्रमाणहरू जुटाउनु रहेको बताए।
पश्चिम बंगालका विभिन्न पुलिस थानाहरूमा पनि तामाङ विरुद्ध शिकायत दर्ता भएको छ। यस विषयमा प्रश्न राख्दा उनले जुन राज्यमा शिकायत दर्ता भएको छ त्यहॉंका पुलिसले न्यायालयको माध्यमद्वारा अनुमति लिएर तामाङ विरुद्ध आफ्नो जॉंचलाई अगाडि बढाउन सक्ने जानकारी गराए।
उल्लेखनीय छ, सामसन तामाङले खस समुदाय विरुद्ध सामाजिक सञ्जालको माध्यमद्वारा अभद्र टिप्पणी गरेपछि उनी विरुद्ध सदर थानामा एफआईआर दर्ता भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement