सिक्किममा जातीय विभाजन सिर्जना गर्ने दुष्प्रयास हुँदैछः एसकेएम

IMG-20250222-WA0285

गान्तोक: सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार स्थापना भएपछि साम्प्रदायिक सद्भाव र आपसी एकता बढ़ेर गएको दाबी सत्तारुढ़ एसकेएम पार्टीले आज जारी एक प्रेस बयानमा गरेको छ। तर कतिपय पक्षबाट यसलाई बिथोल्ने प्रयास बारम्बार हुँदै आएको कुरा कसैको नजरबाट लुक्न नसकेको एसकेएम पार्टीको भनाइ छ। एसकेएम सरकारको अथक सङ्घर्ष अनि सार्थक उपलब्धिहरूमध्ये जातीय एकता, सद्भाव अनि मैत्रीभाव हो भन्दै यसमाथि केही राजनीतिक शक्तिहरूले स्वार्थको लागि जातीय विभाजन सिर्जना गर्ने दुष्प्रयास गरिरहेको पार्टीले आरोप लगाएको छ। एसकेएम पार्टीका सम्पूर्ण क्रान्तिकारी सहयोद्धा पार्टी अध्यक्ष तथा मुख्यमन्त्र प्रेमसिंह तामाङसँग काँधमा काँध मिलाएर सिक्किमे एकता, भाइचारा र साँचो लोकतान्त्रिक मूल्यमान्यताहरूको रक्षा गर्न प्रतिबद्धता गरेर काम गर्दै आएको उल्लेख गरेको छ। पनि परिस्थितिमा विभाजनकारी राजनीतिलाई स्वीकार नगर्ने चेताउनी दिएको छ। सिटिजन एक्सन पार्टीको तथाकथित सुधारवादी राजनीति सिक्किमको जातीय सद्भाव र एकतालाई भड्काउने गम्भीर षड्यन्त्रको रूपमा देखा परेको आरोप एसकेएमको छ। लोकतान्त्रिक सुधारको नाममा लुकेको सीएपीको स्वार्थपरक एजेन्डा सिक्किमेली लेप्चा, भोटिया, नेपाली र व्यापारी समुदायको एकतालाई कमजोर बनाउने षड्यन्त्र हो भन्दै जनताले सिक्किमे माटोविरोधी तत्त्वहरूलाई पहिले नै अस्वीकार गरिसकेको ठहर गरेको छ। एसकेएम पार्टीले सिक्किमेली समाजलाई तोड्ने कुनै पनि प्रयासको कड़ा विरोध गर्ने र विपक्षी पार्टीहरूले जातीय फुट ल्याउन एकगुट बनेर काम गरेको बताएका छन्। एसकेएम पार्टीको जरा भनेको सिक्किमे जनता हुन् भन्दै सिक्किमको साम्प्रदायिक सद्भावलाई केही बाह्य असामाजिक तत्त्वहरूले कमजोर बनाउने दुस्साहस गरिरहेका दाबी गरेको छ। एसकेएम पार्टीको तर्फबाट प्रवक्ता कृष्ण लेप्चाले विपक्षीहरूले सिक्किमलाई फुटाउने राजनीति गरिरहेको आरोप लगाए। सिक्किमको बागडोर सम्हालेदेखि नै एसकेएम पार्टीको सरकारले समाजका हरेक वर्गलाई समेट्ने नीतिलाई कार्य़वन्यन गर्दै आइरहको लेप्चाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement