सरमसामा सहकारी जागरुकता कार्यक्रम

IMG-20250222-WA0281

गान्तोक: राज्य स्थापनाको ५० गौरवशाली वर्ष र अन्तर्राष्ट्रिय सहकारी वर्षको सम्झनामा, पाकिम जिल्लाको सहकारी विभागले आज सरमसा गार्डनमा सहकारी जागरूकताबारे कार्यक्रम आयोजना गर्योस। यस पहलले जिल्लाभरिका सहकारी सदस्यहरू र अधिकारीहरूलाई सहभागी गराएको थियो। जसले शिक्षा र नेटवर्किङलाई प्रवर्द्धन गराउने कार्य गरेको छ। यस कार्यक्रमको एक पक्ष के छ भने सबै सहभागीहरूले सभामा योगदान पुर्या एका थिए भने सहभागीहरूमाझ टोली कार्य र सहयोगको मूल विचारलाई बलियो बनाउने भूमिका निर्वाह गरेको छ। यसका साथै सिस्को ब्यांकद्वारा सहभागीहरूलाई ऋण व्यवस्थापन र सहकारी संस्थाहरुहरूलाई उपलब्ध विभिन्न प्रकारका ऋणबारेमा जागरुकता गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले विभिन्न सहकारिता क्षेत्रका प्रतिनिधिहरूसँग संलग्न हुने अवसर पनि पाएका थिए। जसले गर्दा सहकारी ब्याङकिङ, उद्यमशीलता र सरकार प्रायोजित योजनाहरूबारेमा बहुमूल्य जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement