गान्तोक: पद्मश्री तुलाराम उप्रेतीको निधनप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गरेका छन्। कृषि र जैविक खेतीको क्षेत्रमा एक अग्रणी व्यक्तित्व तथा पुर्व मन्त्री केएन उप्रेतीका पिता पद्मश्री तुलाराम उप्रेतीको निधन हिजो निधन भएको थियो। मुख्यमन्त्री तामाङले सिक्किमको आत्मनिर्भरताको यात्रालाई आकार दिनमा स्वर्गीय उप्रेतीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। उनको अमूल्य योगदानले समाजमा अमेट छाप छोडेको बताउँदै नयाँ पुस्तालाई प्राकृतिक र जैविक खेतीको समृद्ध परम्परालाई कायम राख्न प्रेरित गरेको उल्लेख गरेका छन्। उनले प्राप्त गरेका ज्ञान र समर्पणलेराष्ट्रिय पहिचान दिलाएको थियो भन्दै मुख्यमन्त्रीले परम्परागत खेती प्रणालीप्रति उप्रेतीको अटुट प्रतिबद्धता र दिगो कृषिप्रति लगावले राज्यलाई गौरवान्वित तुल्याएको ठहर गरेका छन्। मुख्यमन्त्रीले ले आफ्नो शोक सन्देशमा सिक्किमका जनताको तर्फबाट शोक सन्तप्त परिवारजन, आफन्तजन, बन्धुबान्धव र शुभेच्छुकहरूप्रति समवेदना प्रकट गरेका छन्। मुख्यमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गरे। उल्लेख्य छ पद्मश्री तुलाराम उप्रेतीको एक सय बर्षको उमेरमा निधन भएको छ।