गान्तोक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले सिक्किम इन्सपायर्स कार्यक्रमअन्तर्गत साजोङ होटल म्यानेजमेन्ट संस्थानसंगको सहकार्यमा आज साँझ स्थानीय एक होटलमा पर्यटन उद्योग नेटवर्किङ कार्यक्रम आयोजना गर्योस। यसअवसरमा पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग विभागीय मन्त्री छिरिङ थेन्डुप भोटिया प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किमका विभिन्न होटलका प्रतिनिधिहरू, संस्थानका संकाय सदस्यहरू, सिक्किम होटल रेस्टुरेन्ट संघ, सिक्किम इन्सपायर्सका प्रतिनिधिहरू र पर्यटन विभागका अधिकारीहरूको सहभागिता थियो। आफ्नो सम्बोधनमा मन्त्री भोटियाले राज्यको अर्थतन्त्र र जीविकोपार्जनलाई दिगो बनाउन सिक्किमको उद्योगको रूपमा पर्यटनको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले विज्ञहरू, शिक्षाविद्हरू र विद्यार्थीहरूलाई राज्यमा फर्यटन उद्योगको भविष्यलाई अवसरको रूपमा लिने अपील गरे। पर्यटन मन्त्रीले आगामी पाँच वर्षमा सिक्किम इन्स्पायर्स परियोजना मार्फत स्थानीय युवाहरूलाई सीप र क्षमता विकासमाथि अवसर प्रदान गर्ने वचन दिए। उनले आतिथ्यमा व्यावहारिक अनुभव र नेटवर्किङको महत्त्वलाई पनि जोड़ दिए। सरोकारवालाहरूलाई युवा उद्यमीहरुलाई सशक्त बनाउन सहयोग प्रदान गर्ने आग्रह गरे। विभागीय प्रधान सचिव सीएस रावले आफ्नो सम्बोधनमा आतिथ्य क्षेत्रमा पर्याप्त कुशल कार्यबलको अभावलाई प्रकाश पार्दै लक्ष्यहरू पूरा गर्ने आवश्यकतामा जोड दिए।