महाकुम्भको यात्रामा बंगालका छ जना श्रद्धालुको मृत्यु

PTI02112025000047B

काेलकाता: महाकुम्भ यात्राको क्रममा झारखण्डमा भएको सडक दुर्घटनामा पश्चिम बंगालका छ जनाको मृत्यु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै प्रभावित परिवारलाई सबै सम्भव सहयोग प्रदान गर्न प्रशासनलाई निर्देशन दिएको बताइन्।
आज उनले साँझ ट्वीट गर्दै ‘हाम्रो राज्यका छ जनाको आज महाकुम्भको यात्रामा निस्कँदा झारखण्डमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ। उहाँहरूका परिवारप्रति मेरो गहिरो समवेदना। मैले प्रशासनलाई प्रभावित परिवारहरूलाई सहयोग गर्न, शव फिर्ता ल्याउन मद्दत गर्न र घाइतेहरूलाई चिकित्सा तथा अन्य सहयोग प्रदान गर्न निर्देशन दिएको छु’ भनिन्।
प्रशासन राहत कार्यमा जुटेको छ भनेे मुख्यमन्त्रीले शव फिर्ता ल्याउन र घाइतेहरूलाई सहयोग पुर्‍याउन राज्य सरकारले आवश्यक कदम चालिरहेको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement