चीनले वितरण गरेको साइकल जलाइयो

IMG-20250222-WA0277

बिरगंज(नेपाल): मधेस प्रदेशको पर्सामा चीनको सहयोगमा वितरण गरिएको साइकल त्यहाँकाको एक विद्यार्थी संगठनले जलाएको छ। चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको आरोप लगाउँदै राष्ट्रिय विद्यार्थी परिषद् पर्साले सो साइकल जलाएको हो। 
परिषद्मा रहेका विद्यार्थीहरूले लक्ष्मणवा (प्रतिमा )चौकमा प्रदर्शन गर्दै साइकल जलाएको परिषद्का अध्यक्ष विनोद यादवले बताए। प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ!’ र ‘पुरानो साइकल, नयाँ धोका–चीन, अब हामीलाई मूर्ख नबनाऊ!’ जस्ता नारा लगाएका थिए। 
विद्यार्थी परिषद् पर्साका अध्यक्ष विनोद यादवले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाएका छन्। मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै उनले यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement