पाकिस्तानविरुद्ध म्याचअघि कोहलीको कठोर अभ्यास

IMG-20250222-WA0274

दुबई: पाकिस्तानविरुद्ध आइतवार यहाँ हुने आईसीसी च्याम्पियन्स ट्रफीको हाईभोल्टेज म्याचको एक दिन अघि भारतका स्टार ब्याटर विराट कोहलीले स्पिन बलरहरूविरुद्ध कठोर अभ्यास गरे। आफ्नो सर्वश्रेष्ठ फर्म हासिल गर्ने प्रयासमा रहेका कोहली अभ्यासको निम्ति निर्धारित समयभन्दा २ घण्टा अघि नै आईसीसी एकाडमी पुगे। अष्ट्रेलिया यात्रामा टेस्ट सीरीजको अवधि ३६ वर्षीय कोहली पेस बलरहरूका अफ् स्टम्प बाहिर गइरहेको बलमा लगातार आउट भएका थिए। यसको साथमा स्पिन बलिंगविरुद्ध पनि उनले संघर्ष गरिरहेका छन्। वनडे प्रारूपमा कोहलीलाई लगातार ६ पल्ट स्पिनरहरूले आउट गरेका छन् । ईंग्ल्याण्डविरुद्ध घरेलु वनडे सीरीजमा उनलाई लेग स्पिनर आदिल राशिदविरुद्ध संघर्ष गरिरहेको देखिएको थियो। बङ्ग्लादेशविरुद्ध म्याचमा पनि उनी स्पिनर रिशाद हुसैनको बलिंगमा कट शट् खेल्ने प्रयासमा आउट भएका थिए। बंग्लादेशविरुद्ध ६ विकेटले जीतपछि अब भारत समक्ष पाकिस्तानको रूपमा मुश्किल चुनौती रहेको छ। यसैकारण पूर्व भारतीय कप्तानले स्पिन बलिंग अनुकूल पीचमा पाकिस्तानका अबरार अहमद जस्ता स्पिनरको सामना गर्नु पर्नेछ। यसैकारण उनी यस चुनौतीको सामना गर्नु असल तयारीको साथ मैदानमा ओर्लिन चाहन्छन्। शनिवार भारतीय टीमको अभ्यास सत्रको अवधि कोहलीले अधिकांश समय नै स्पिन बलरहरूका सामना गरे। च्याम्पियन्स ट्रफीमा यी दुई टीमबीच ५ पल्ट भिड़न्त भइसकेको छ अनि यसमा पाकिस्तानले ३ पल्ट जीत हासिल गरेको छ। भारतले आफ्नो चीरप्रतिद्वन्द्वीविरुद्ध २०१३ र २०१७-मा जीत हासिल गरेको थियो। भारत र पाकिस्तानबीच म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टस जित्ने टीमले पहिला फील्डिंग रोज्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement