ताप्लेजुङ: ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ। काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए।
त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो। झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका छन्।
प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरुसमेत सहभागी छन्।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए। उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन्।