जलपाईगुडी: तृणमूलका पूर्व मजदुर नेताले चिया मजदुरका छोराछोरीलाई भत्ता उपलब्ध गराउने केन्द्र सरकारको पहलको स्वागत गरेका छन्।
शनिबार, राज्यको सत्तारुढ तृणमूल कांग्रेस पार्टीको मजदुर संगठन आइएनटिटियुसीका पूर्व जिल्ला अध्यक्ष राजेश लाक्राले यस सम्बन्धमा आफ्नो विचार व्यक्त गरे। उनले भने
‘वर्तमान बजेटमा चिया बगानका विषयमा केन्द्र र प्रदेश सरकारले कुनै महत्वपूर्ण कदम चालेको छैन।
तर, मैले भर्खरै मिडियाबाट थाहा पाए केन्द्र सरकारले आर्थिक बजेट २०२५-२६ मा चिया बगान मजदुरका छोराछोरीहरूको शिक्षालाई अगाडि बढाउन छात्रवृत्तिको घोषणा गरेको छ, जुन पक्कै पनि राम्रो कुरा हो।