इजरायली जेलमा रहेका ६ सय २ प्यालेस्टिनी रिहा गरिने

IMG-20250222-WA0248

न्यू दिल्ली: प्यालेस्टिनी समूह हमासले थप ६ इजरायली बन्धक मुक्त गरेको छ। हमासले एवेरा मेन्गिस्टु, हिशाम अल-सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो। 
३८ वर्षीय मेन्गिस्टु र ३७ वर्षीय अल-सयद क्रमश: सन् २०१४ र २०१५ मा गाजा प्रवेश गरेपछि पक्राउ परेका थिए। इजरायलले उनीहरू दुवैमा मानसिक स्वास्थ्य समस्या भएको बताएको थियो। २२ वर्षीय टोभ, २७ वर्षीया कोहेन र २३ वर्षीय वेन्कर्टलाई ७ अक्टोबर २०२३ मा बन्धक बनाइएको हो। ४० वर्षीय शोअमलाई भने किबुट्ज बेइरीबाट अपहरण गरिएको थियो।
हमासले ६ जना बन्धक मुक्त गरेसँगै इजरायलले पनि शनिबार नै ६ सय २ जना प्यालेस्टनी बन्दीलाई रिहा गर्दैछ। तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो। ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका छन्। अन्यलाई ७ अक्टोबरदेखि कुनै आरोप बिना नै हिरासतमा राखिएको हो।
हमास र इजरायलबीच करिब एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो। यो युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गतको अन्तिम पटकको रिहाइ हो।
यसअघि हमासले बिहीबार ४ इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो। तर सिरी विबासको भनेर पठाइएको शव उनको नभएको परिवारले जनाएको थियो। लगत्तै हमासले शुक्रबार विबासको शव हस्तान्तरण गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement