बिराटनगर: षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ। भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ।
मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछिन्पछि गाडीमा गएर हेर्दा त चालक र मेरो दुवैको फोन चोरी भईसकेको रहेछ।’ उनले भने,’चोरी भए लगत्यै वडा प्रहरी कार्यालयमा जानकारी गराएको छु। यता चोरी भएको स्थानमा रहेका सिसि क्यामारामा हेर्दा दुईजना किशोरहरुले लिएर भागेको देखिन्छ। चोरी भए पस्चात वडा प्रहरी कार्यलय विराटनगरबाट आएको प्रहरीले अनुन्धान अगाडी बढाएको छ।