बेंगलुरुमा गुगलको सबैभन्दा ठूलो अफिस क्याम्पस’

IMG-20250222-WA0246

बेंगलुरु: गुगलले आफ्नो सबैभन्दा ठूलो कार्यालय भारतमा स्थापना गरेको छ। यसै साता बुधबार बेंगलुरुस्थित महादेवपुरमा उद्घाटन गरिएको यो ‘अफिस क्याम्पस’ वा कार्यालयको नाम ‘अनन्त’ राखिएको छ। गुगलको भारतमा यो चौथो कार्यालय हो। यहाँबाट गुगल सर्च, म्याप्स, एआई, एन्ड्रोइड, गुगल पे, क्लाउड लगायत विभिन्न एप्पलिकेसनका लागि कार्य हुने कम्पनीले जनाएको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष भी नारायण र गुगल इन्डियाकी उपाध्यक्ष प्रीति लोबानाले कार्यालय उद्घाटन गरेका थिए।
करिब ५ हजार कर्मचारी अट्ने अनन्त कार्यालयमा कर्मचारीका लागि अत्याधुनिक प्रविधि, आरामदायी कार्यस्थल, जिमखानासहित स्वास्थ्य र मनोरन्जनका सुविधा समावेश छन्। गुगलले भारतमा आफ्नो उपस्थिति सुदृढ गर्दै ११ हजारभन्दा बढी धेरैलाई रोजगार दिएको ‘द हिन्दु’ले जनाएको छ।
भारतका दक्ष जनशक्ति र तीव्र आर्थिक वृद्धिलाई मध्यनजगर गर्दै गुगलले त्यहाँ आफ्नो सबैभन्दा ठूलो कार्यालय स्थापना गरेको विश्लेषण भइरहेको छ। पछिल्लो समय भारत विश्वको सबैभन्दा ठूलो डिजिटल उपभोक्ता बजारमध्ये एक हो। यहाँका प्रविधि-प्रेमी जनसंख्या, दक्ष जनशक्ति र स्टार्टअप इकोसिस्टमले गुगलसहित विश्वका ठूला टेक कम्पनीलाई आफ्नो ग्लोबल विस्तारको केन्द्र बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement