सिलगढी: बागडोगरा पुलिसले नदी बालुवाको अवैध तस्करीमा संलग्न तीन ट्याक्टरहरू नियन्त्रणमा लिएको छ। तर, पुलिसलाई देखेपछि ट्र्याक्टर चालक अन्धकारको फाइदा उठाउँदै भागेका थिए। यो घटनाले बागडोगराको तरबन्द बुरी बालासन घाटमा हलचल मच्चाएको छ।
शुक्रबार राति बागडोगरा पुलिस चौकीका सादा पोशाकका पुलिसलाई खोलाबाट अवैध रूपमा ट्र्याक्टरमा बालुवा ओसारपसार भइरहेको खबर प्राप्त भएको थियो। खबर पाएर बागडोग्रा पुलिस चौकीले घटनास्थलमा छापा मारेको भएपनि चालक फरार भएका थिए। त्यसपछि पुलिसले आफ्नै पहलमा ट्र्याक्टरलाई बागडोगरा प्रहरी चौकीमा ल्याएको थियो।
पुलिस स्रोतका अनुसार ट्रयाक्टरको रजिष्ट्रेसन गरी मालिकको खोजी भइरहेको छ। अवैध बालुवा तस्करीविरुद्धको पुलिस अभियान जारी रहने पुलिस स्रोतले जनाएको छ।