सिक्किमका पत्रकार निर्मल मंगरमाथि व्यक्तिगत आक्षेप लगाइएकोमा दार्जीलिङ प्रेस गिल्डको आपत्ति

IMG-20250222-WA0243

दार्जिलिङ: सिक्किमका पत्रकार निर्मल मंगरमाथि व्यक्तिगत आक्षेप लगाउँदै सोसियल मीडियामा उनी विरूद्ध विभिन्न प्रकारको नाम दिइएकोमा दार्जीलिङ प्रेस गिल्डले पनि आपत्ति जनाएको छ। दार्जीलिङ प्रेस गिल्ड पत्रकारहरूको एक स्वच्छ छवि भएको संगठन हो अनि यसले कुनै पनि स्थानका पत्रकारहरूमाथि भएको अन्यायमाधि कठोर विरोध गर्दै आइरहेको छ। यसैबीच, पत्रकार निर्मल मंगरले सामसोन तामाङको जुन एक्सक्लुसिव रिपोर्ट प्रस्तुत गरे, त्यो उनको दक्षता हो। पत्रकारहरूको यस्तो दक्षतालाई दार्जीलिङ प्रेस गिल्डले सधैं सम्मान गर्छ अनि पत्रकार निर्मल मंगरको पत्रकारिताको यस दक्षतालाई दार्जीलिङ प्रेस गिल्डले पूर्ण प्रशंसा गरेको छ। पुलिसको हातमा रहेका एक आरोपीको अन्तरवार्ता लिनु उनको त्यसै दक्षताको एउटा उदाहरण हो। तर त्यस विषयलाई एउटा राजनैतिक पार्टीका कार्यकर्ताले अन्य अर्थ लगाएर एक पत्रकारमाथि नै विभिन्न लाञ्छना लगाउनु कदापि उचित होइन। यसैले आज सिक्किमका पत्रकारमाथि परेको यस्तो घट्ना अन्य पत्रकारहरूमाथि पनि नपरोस् भन्ने दार्जीलिङ प्रेस गिल्डको चाहना छ। यसैले भविष्यमा कुनै पनि पत्रकारमाथि यस प्रकारको दुर्व्यवहार नहोस् अनि पत्रकारहरूमाथि अगणतान्त्रिक शब्दहरूको प्रयोग नहोस् भन्ने चाहेको दार्जीलिङ प्रेस गिल्डका अध्यक्ष दिप गजमेर र सचिव आदित्या रायाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement