स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन सम्पन्न

IMG-20250222-WA0240

छैंटौं वार्षिक सम्मेलन सिटोङमा आयोजना गरिने

खरसाङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय पाँचौं वार्षिक सम्मेलन सम्पन्न भएको छ। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुलाई लिएर सन् २०१८ मा खरसाङको सिटोङमा भएको पहिलो कार्यक्रमबाट शुरु भएको स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन कालेबुङको वर्शिप सेन्टरमा सभापति एल्डर राजु राईको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन स्वागत कार्यक्रम साथै नेपाली भाषा कसरी ठिक लेख्ने विषयमा कार्यशाला आयोजना गरिएको थियो। उक्त कार्यशालामा शोध वक्ताको रुपमा हिरा छेत्री उपस्थित थिए। त्यसरी नै विभिन्न स्थानहरुबाट आएका स्रष्टाहरुबाट रचना पठनको कार्यक्रम सम्पन्न भएको थियो भने स्रष्टा सङ्गमको वार्षिक आम सभा पनि सम्पन्न भएको थियो। दोस्रो दिनको कार्यक्रममा छोटो कथा कसरी लेख्ने विषयमा कार्यशाला आयोजना गरिएको थियो जसमा रेभरेन्ट जेम्स कार्थकले आफ्नो सम्बोधन राखेका थिए। त्यसरी नै यसपाली कालेबुङ निवासी नारी लेखिका रेबिका कार्थकलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो भने कवि रवि रोदन, प्राध्यापक मेहेरमान सुब्बा र नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता सिक्किमको कवि सिमियोन सुकिता राईलाई स्रष्टा सङ्गमको तर्फबाट अभिनन्दन जनाइएको थियो। दोस्रो दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा इसाई क्षेत्रका‌ वरिष्ठ गायक,गीतकार एंव वरिष्ठ संगीतकार जोहन डी खवास उपस्थित रहेका थिए।‌
कार्यक्रममा बाईबलबाट रेभरेन्ट जोनाह बलले विश्वासीहरुलाई ख्रिष्टेली पत्र पत्रिकाहरु र पुस्तकहरु पढन उत्साहित गर्नलाई अगुवाहरुको भूमिका विषयमा सम्बोधन राखेका थिए। कार्यक्रमलाई सचिव पास्टर शरण शरदले सञ्चालन गरेका थिए। दोस्रो दिनको अन्तिम सत्रमा विभिन्न स्थानहरुबाट आएका स्रष्टाहरुबाट रचना पठनको कार्यक्रम आयोजना गरिएको थियो जसलाई कथाकार सन्ध्या आचार्यले सञ्चालन गरेका थिए। यस क्रममा डा छत्र सुब्बा पावल, क्यामुना प्रधान, बसुन्धरा राई, अम्बिका मिश्र, ध्रुव पयङ्मु, शोभा राई, डा रञ्जना राई, रजनी जलन, इभ थापा, एल्डर बिमल प्रधान, लिना कार्थक, डेनिस कार्थक, रुदेन लेप्चा, सन्तोष बीक, पास्टर शरण शरद, वाङ्ग लामा बिशप हेमन्त काँफ्ले, दिपक सोलोमन राई आदिले कथा, कविता, गजल, मुक्तक आदि रचनाहरु वाचन गरेका थिए।‌ कार्यक्रममा वाचन गरिएका रचनाहरुलाई एक एकवटा केलाएर प्राध्यापक मेहेरमान सुब्बाले समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सचिव शरण शरदले राखेका थिए‌ कार्यक्रममा अन्तिम प्रार्थना सह सचिव पास्टर रुबेन राईले गरेका थिए भने अन्तिम आशिष रेभरेन्ट डा छत्र सुब्बा पावलद्वारा गरिएको थियो। कार्यक्रमलाई सभापति एल्डर राजु राईले समाप्तिको घोषणा गरेका थिए। स्रष्टा सङ्गमको दुई दिवसीय पाँचौं वार्षिक सम्मेलन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सचिव शरण शरदले विस्तृत स्रष्टा सङ्गमको स्थापना सन् २०१८ मा‌ भएको र पहिलो वार्षिक सम्मेलन सिटोङमा, दोस्रो वार्षिक सम्मेलन रम्फुमा, तेस्रो सिलगढीमा‌, चौथो गान्तोकमा र पाँचौं कालेबुङमा आयोजना गरिएको जानकारी गराएका छन्‌‌। उनले अब सन् २०२६ मा स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा आयोजना गरिने जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement