सोनादामा ट्राफिक साथै साईबर क्राइम विषयमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20250222-WA0239

सोनादा: सोनादा पुलिस आउट पोष्ट, सोनादा ट्राफिक गार्ड र सलेसियन कलेजको संयुक्त आयोजनामा सोनादाको सलेसियन कलेजमा साइबर क्राइममाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा सेभ ड्राइभ सेफ लाइफ, ड्रग सचेतना पोक्सो र साईबर क्राइममाथि सचेतना कार्यक्रम आयोजना गरिएको छ। विशेष गरेर यस अवसरमा अतिरिक्त जिल्ला पुलिस अधिक्षक देवरा दास, डीएसपी टाउन रामगोपाल मण्डल, सर्कल इन्स्पेक्टर पार्थ साराथीचन्द्र, सलेसियन कलेजका उप प्राचार्य ब्रदर जोस, क्याम्पस ईन्चार्ज फादर प्रितम बरला, सोनादा पुलिस आउट पोष्टको ओसी योगेस ठकुरी, डिन डा टेरेन्स मुखिया आदिले साइबर क्राइम, ड्रग, पोक्सो, सेफ ड्राइभ सेफ लाइभ विषयमा सचेतना गराएका थिए। यसको साथै विद्यार्थी नानीहरुका लागि विभिन्न विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक ओसी सबीन दर्नालले सोनादा ट्राफिक पुलिस, सोनादा पुलिस आउट पोष्ट र सलेसियन कलेजको संयुक्त आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रममा‌ वरिष्ठ पुलिस अधिकारीहरु उपस्थित भएर विद्यार्थीहरुलाई विभिन्न विषयमा सचेतना गराइएको जानकारी गराएका छन्। उनले यस क्रममा विद्यार्थीहरुलाई लिएर साइबर क्राइम, ड्रग, पोक्सो, सेफ ड्राइभ सेफ लाइभ विषयमा सचेतना गराइएको जानकारी गराएका छन्‌‌।‌
उल्लेखनीय छ सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नालको अगुवाईमा सोनादा क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुमा‌ प्रत्येक महिना ट्राफिक सचेतना कार्यक्रम आयोजना गर्दै आईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement