कवि दिल थापाको कविता संग्रह समयका चित्रहरु लोकार्पित

IMG-20250222-WA0238

खरसाङ: खरसाङका कवि दिल थापाको कविता संग्रह ‘समयका चित्रहरु’ आज लोकार्पण गरिएको छ। खरसाङको ब्लुमफिल्ड महकुमा पुस्तकालयमा आयोजित असीत राई स्मृति साहित्यिक मञ्चको सातौं प्रकरणमा‌ उक्त पुस्तक लोकार्पण गरिएको छ।‌ यस लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्यकार ऋषि राईले‌ गरेका थिए भने मुख्य अतिथिको रुपमा साहित्यकार कमल भण्डारी उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा, वरिष्ठ नाटककार पूर्ण गुरुङ ‘निरुपम’, कवि विनोद रसाइली, जयप्रकाश लामा, अदिप रोका आदि उपस्थित रहेका थिए। यस अवसरमा कवि दिल थापाको पहिलो कविता संग्रह ‘समयका चित्रहरु’ सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत कवि र उनकी पत्नी आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त लोकार्पण गरिएको कविता संग्रहमाथि रचना अनाकरले समीक्षात्मक टिप्पणी राखेका थिए भने कार्यक्रममा स्वागत सम्भाषण दिपक ठटाल जलनले राखेका थिए। कार्यक्रममा कवि दिल थापाको परिचय देवराज मुखियाले राखेका थिए। आफ्नो लोकार्पित पुस्तक विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कवि दिल थापाले आफ्नो कविता संग्रह पढेर प्रतिक्रिया दिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement