नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को तक्निकी समितिले भारतका पूर्व गोलकीपर सुब्रत पाललाई राष्ट्रिय टीमको निदेशक नियुक्त गऱ्यो। समितिले यसको साथमा पुरुष अण्डर-२० टीमको मुख्य प्रशिक्षकको रूपमा बिबियानो फर्नाण्डिसको नामको पनि सिफारिश गऱ्यो। यो फसेला भारतका पूर्व कप्तान आईएम विजयनको अध्यक्षतामा तक्निकी समितिको बैठकमा लिइयो। यसमा शब्बीर अली, भिक्टर अमलराज, क्लाइमेक्स लरेन्स, हरजिन्दर सिंह र सन्तोष सिंहले भाग लिए। एआईएफएफ महासचिव अनिलकुमार प्रभाकरन र कोषाध्यक्ष किपा अजयको साथ-साथ तक्निकी निदेशक सैयद पाशा पनि बैठकमा उपस्थित थिए। एआईएफएफ-ले यहाँ जारी विज्ञप्तिमा भनेको छ, तक्निकी समितिले राष्ट्रिय टीमको निदेशकको रूपमा पूर्व भारतीय अन्तर्राष्ट्रिय खेलाड़ी सुब्रत पालको नियुक्तिको पुष्टि गऱ्यो। यसको साथमा समितिले अण्डर-२० राष्ट्रिय पुरुष टीमका मुख्य प्रशिक्षकको रूपमा बिबियानो फर्नाण्डिसलाई नियुक्त गर्ने सिफारिश पनि गऱ्यो।