उत्तर दिनाजपुर: इस्लामपुर पुलिसले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रबार राति इस्लामपुर पुलिस चौकी अन्तर्गत जिरोपानी चोक नजिकैको फुलोपोखर पुल इलाकाबाट युवकलाई पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा पुलिसले उक्त क्षेत्रमा छापा मारेर एक युवकलाई पक्राउ गरेको बताइएको छ। खानतलासीपछि उनको साथबाट एक थान बन्दुक, दुई राउण्ड गोली र एक थान चक्कु बरामद भएको थियो। पक्राउ परेका युवक २४. बर्षीय मोहम्मद राजु हुन्। उनको घर इस्लामपुर थानाको कालनागिन क्षेत्रमा छ। पक्राउ परेका युवकलाई शनिबार अदालतमा पेश गरिएको छ। प्रहरीले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।