देशी मदिराविरुद्ध पुलिसकाे अभियान शुरु 

IMG-20250222-WA0165

जलपाईगुडी: जलपाईगुडी जिल्लाको राजगञ्ज थाना अन्तर्गतको बेलाकोबा पुलिस चौकीको पुलिसले अपरेशन गरी देशी मदिरा बरामद गरेको छ।  गोप्य सूचनाको आधारमा राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको रंगारबाडी क्षेत्रमा चण्डिका राँयका छोरा आशरु राँयको घरमा छापा मारेर पुलिसले ६० लिटर अवैध देशी मदिरा बरामद गरेर नष्ट गरेकाे छ। साथै, मदिरा बनाउन प्रयोग हुने करिब ७०० लिटर स्पिरिट नष्ट गरिएको जानकारी दिँदै जलपाईगुडी जिल्लाका पुलिस एसपी उमेश खाण्डबाहले यस कारबाहीमा ८ वटा आल्मुनियमका भाँडा र ८ वटा आल्मुनियमको फनेल बरामद गरिएको बताए। गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरू विरुद्ध कानूनको उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement