अवैध बंगलादेशी घुसपैठलाई भारत प्रवेश गराउने ‘लिङ्कम्यान’ पक्राउ

IMG-20250222-WA0163

सिलगढी: अवैध बंगलादेशी घुसपैठलाई भारत प्रवेश गराउन सहयोग गर्ने ‘लिङ्कम्यान’ पक्राउ परेका छन्। धेरै प्रयासपछि एनजेपी थानाको पुलिसले उक्त लिंकम्यानलाई पक्राउ गरेको हो।उनको मुख्य काम सीमामा तारबार काट्ने र पैसाको सट्टा बंगलादेशीहरूलाई भारत प्रवेश गर्न दिने थियो। 
जनवरी २३ मा फुलबारीबाट दुई बंगलादेशी घुसपैठि पक्राउ परेका थिए। पुलिसले फुलबारीस्थित अमाईदीखीबाट दुई बंगलादेशीलाई पक्राउ गरेको छ । तीमध्ये एकको नाम अताउर रहमान हो। अतौर बंगलादेशको ठाकुरगञ्ज जिल्लाको माधवपुरका बासिन्दा हुन्। दोस्रो व्यक्ति अतौरका नातेदार फिरदौस आलम हुन्। फिरदौसको घर उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जमा छ। उनीहरुलाई भारत छिराउने विपुल अधिकारी पुलिसलाई चकमा दिएर फरार भएका थिए। पक्राउ परेका दुईजनाको साथबाट धेरै हाइड्रोलिक कटर र तार काट्ने औजार बरामद भएको छ।
त्यसपछि पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा लिएर सोधपुछपछि खोजी शुरु गरिएको थियो।
उनीहरुलाई भारत आउन हल्दिबारी मानिकगञ्ज अधिकारीपाडाका विपुल अधिकारीले सघाएको पुलिसले खुलाएको छ।
एक महिना लामो अनुसन्धानपछि अन्ततः एनजेपी थानाले विपुल अधिकारीलाई शुक्रबार पक्राउ गरेको छ।
पुलिसले पक्राउ परेका व्यक्तिलाई शनिबार जलपाईगुडी अदालतमा पेश गरेको थियो।

About Author

Advertisement