बेरुबारी गाउँमा पुगेर न्यायाधीश तपब्रत चक्रवर्तीले आफ्नो बुबाको सम्झना ताजा गरे, उनका पिताले स्वतन्त्रतापछि यो गाउँलाई पाकिस्तानबाट भारतमा समावेश गर्न लडेका थिए
जलपाईगुडी: आफ्नी श्रीमतीसहित, पश्चिम बंगालको जलपाईगुडी जिल्लाअन्तर्गत भारत–बंगलादेश सीमामा रहेको बेरुबारी गाउँ पुगेका कलकत्ता उच्च अदालतका न्यायाधीश तपब्रत चक्रवर्तीले आज बेरुबारी गाउँकाे भ्रमण गरे।
यो गाउँ आफ्नो बुबाको सम्झना संग जोडिएको उनले बताए। देश विभाजनको ऐतिहासिक सम्झना बेरुबारीले अझै पनि सुरक्षित राखेको छ भनि उनले जनाए।
पर्यटकलाई थाहा नभए पनि यसको आफ्नै इतिहास छ।
कलकत्ता हाई कोर्टका न्यायाधीश तपब्रत चक्रवर्तीले आफ्नो बुबाको स्मृतिसँग जोडिएको बेरुबारी आन्दोलनका संकल्प बेदीको भ्रमण गरे।
१० अक्टोबर १९५८ को नेहरू-नून सम्झौताको परिणामस्वरूप, जलपाईगुडी जिल्लाको वर्तमान दक्षिण बेरुबारी ग्राम पञ्चायतको दक्षिणी भाग पाकिस्तानमा गयो र यस विभाजनलाई लिएरे जनताले आन्दोलन शुरु गरे र
नेहरू-नून सम्झौता विरोध शुरु गरे र कलकत्ता उच्च अदालतमा मुद्दा दायर भयो। न्यायाधीश तपब्रत चक्रवर्तीका बुबा अमरप्रसाद चक्रवर्तीले गाउँलेहरूको तर्फबाट मुद्दा लडेका थिए।
तत्कालीन प्रधानमन्त्री नेहरू कलकत्ता उच्च अदालतमा यो मुद्दा हारे। यो मुद्दा सर्वोच्च अदालतमा पनि पुग्यो। नेहरू त्यहाँ पनि हारे, किनभने उनले संविधान संशोधन नगरी देशको एक भाग विदेशी शक्तिहरूलाई सुम्पिदिएका थिए। त्यसपछि १९६१ मा नेहरूले संविधानको नवौं संशोधन पारित गरे र दक्षिण बेरुबारीको दक्षिणी भाग पाकिस्तानलाई दिए।
त्यसपछि दक्षिण बेरुबारीको माणिकगञ्जमा रगतले संकल्पवेदी निर्माण गरेर त्यहाँका मानिसहरू आन्दोलन शुरु गरेकाे न्यायाधीश चक्रवर्तीले जनाएक। आन्दोलनको नेतृत्व न्यायाधीशका पिता अमरप्रसाद चक्रवर्तीले गरेका थिए। त्यसपछि सन् १९६५ मा भारत–पाकिस्तान युद्ध शुरु भयो। बंगलादेश सन् १९७१ मा बनेको थियो। त्यसपछि सन् १९७४ मा भएको इन्दिरा-मुजिब सम्झौताको परिणामस्वरुप दक्षिण बेरुबारीको दक्षिणी भाग भारतसँग बनी रह्यो। बदलामा अंगारपोटा र दहग्रामको दुबै छेरको तीन बिघा जमिन बंगलादेशलाई दिइयो।

उच्च अदालतका न्यायाधीश तपब्रत चक्रवर्तीले आफ्ना पिताको सम्झनामा जोडिएको बेरुबारी आन्दोलनका संकल्प बेदीको भ्रमण पनि गरे। उनकी पत्नी जलपाईगुडी सदर ब्लकको दक्षिण बेरुबडी ग्राम पञ्चायतको मानिकगञ्ज बजार पुगिन् र उनले त्यहाँ रहेको ‘बेरुबारी संकल्प वेदी’ मा फूलको माला चढाई श्रद्धाञ्जली अर्पण गरिन्।
यस अवधि, न्यायाधीशलाई भेटेर बेरुबारी रक्षा समितिका वरिष्ठ सदस्यहरु भावुक बने र न्यायाधीशसँग उनको पिताको योगदानका विभिन्न सम्झनाहरू साझा गरे।
त्यहाँबाट न्यायाधीश सहपरिवनार सतीपीठ, गर्तेश्वरी र गर्भेश्वरी मन्दिर पनि गए।