मोहम्मद शमीलाई महान बलर बताए गिलले

IMG-20250222-WA0137

नयाँ दिल्ली: भारतले बंग्लादेशविरुद्ध जीतको साथ च्याम्पियन्स ट्रफीमा अभियान शुरु गरेपछि उपकप्तान शुभमन गिलले अनुभवी पेस बलर मोहम्मद शमीको प्रशंसा गर्दै चोटमुक्त भएर मैदानमा फर्किनु सजिलो नहुने बताए। चोटमुक्त भएर १४ महिनापछि मैदानमा फर्किनसाथ शमीले बंग्लादेशविरुद्ध म्याचमा ५ विकेट लिए। यसको साथै उनी सबैभन्दा तेज २०० वनडे विकेट लिने भारतीय बलर बने। यसरी उनी आईसीसी वनडे टुर्नामेण्टहरूमा भारतको निम्ति सर्वाधिक विकेट लिने बलर पनि बने। गिलले भने, आईसीसी टुर्नामेण्टहरूमा बलिंग गर्दा आउँदा उनले ५ विकेटभन्दा कम्ती लिँदैनन्। उनले सदा ४ या ५ विकेट लिन्छन्। कहिले काहीँ त उनले कहिले ५ विकेट लिए भन्ने तपाईंलाई थाहा नै हुँदैन। मेहदी (हसन मिराज)-ले हाम्रो टीमविरुद्ध असल प्रदर्शन गर्छन्। बंग्लादेशविरुद्ध सीरीज खेल्दा पनि उनले हामीविरुद्ध असल प्रदर्शन गरेका थिए तर शमीले असाधारण लाइन र लेन्थमा बलिंग गरेर विपक्षी ब्याटरहरूलाई बाँधेर राखे। शमीले असाधारण दक्षताको साथ खेलमा पुनरागमन गरे कारण चोटले गर्दा लामो समयसम्म खेलबाट बाहिर रहेर पुनरागमन गर्नु सजिलो हुँदैन। लामो समयसम्म इण्टरनेशनल क्रिकेटबाट बाहिर रहे पनि उनलाई फर्ममा देखियो। उनले असाधारण प्रदर्शन गरिरहेका छन्। उनी महान बलर हुन्।
बंग्लादेशविरुद्ध म्याचमा गिलले १२९ बल खेलेर अविजित १०१ रन बनाए। उनले ९ वटा चौका र २ वटा छक्का लगाए। उनले भने, यो आईसीसी टुर्नामेण्टमा मेरो पहिलो शतक थियो। वर्ल्ड कपमा म २-३ पल्ट शतक बनाउनदेखि चुकेको थिएँ। एकपल्ट म असल खेलिरहेको थिएँ तर ९० रनमा आउट भएको थिएँ। यसैकारण यो शतक मेरो निम्ति खास रह्यो। विशेषगरी लक्ष्यलाई अघि राखेर खेल्दै शतक बनाउनु अनि टीमलाई जिताउनु सन्तोषजनक रहन्छ। म टीमको निम्ति म्याच समाप्त गर्न सफल रहे अनि म त्यही गर्ने कोशिश गरिरहेको थिएँ। यसरी शमीले पनि गिलको प्रशंसा गरे। शमीले भने, उनले जसरी एउटा प्रान्तलाई सुक्षित राखेर त्यो प्रशंसनीय रह्यो। यस्तो टुर्नामेण्टमा एक प्रान्तलाई सुरक्षित राखेर रन बनाउनु टीमको निम्ति महत्त्वपूर्ण हुन्छ। यस्तो विकेटमा शतक बनाउनु सजिलो हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement