सामसन तामाङ प्रकरण: गणेश कुमार राईले गरे सीबीआईद्वारा जॉंचकाे मांग

IMG-20250221-WA0302

गान्तोक: आफु विरुद्ध सामसन तामाङले लगाएको आरोपको खण्डन गर्दै सिजिटन एक्सन पार्टी (क्याप) सिक्किमका अध्यक्ष गणेश कुमार राईले उक्त आरोप जॉंच सीबीआईद्वारा गराउनु पर्ने माग गरेका छन्। आफु सीबीआई सामना गर्न तयर रहेको उनले बताएका छन्।
गान्तोकको सदर थाना परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै क्याप सिक्किम अध्यक्ष राईले बिहान सामसन तामाङले आफ्नो बयानमा साम्प्रदायिक सद्भावना बिगार्न मैले काम लगाएको भनी आरोप लगाए, जसमा कुनै सत्यता नरहेको दाबी गरे। आफुमाथि लगाइएको गम्भीर आरोप विरुद्ध सदर थानामा सामसन तामाङ विरुद्ध एफआईआर दर्ता गर्न आएको बताउॅंदै सिक्किम पुलिसले उनको शिकायत दर्ता गर्न नमानेको उनले आरोप लगाए।
यस सम्बन्धमा मामिला दर्ता गर्न कुनै कानुनी प्रावधान नरहेको कारण पुलिसले बताएको अवगत गराउॅंदै उनले सामसन तामाङलाई बचाउने काम भइरहेको आरोप लगाए। उनले तामाङलाई सीएपी विरुद्ध बयान दिन लगाएर सिक्किममा साम्प्रदायिक सद्भाव बिगार्ने काम कसको इशारामा भइरहेको छ भन्दै प्रश्न गरे।
उनले मुख्यमन्त्री खस विरोधी रहेको आरोप लगाउॅंदै सिक्किममा जात-जातलाई लडाएर शासन गर्न चाहेको आरोप लगाए। उनले एसकेएमलाई सत्तामा ल्याउन खस समुदायको ठूलो योगदान रहेको, खसलाई नै फुटाउने षडयन्त्र चलिरहेको पनि उनले आरोप लगाए।
क्याप अध्यक्ष राईले आफुमाथि लागेको आरोप सिद्ध गर्न सक्नुपर्छ भने। उनले सिक्किम पुलिसमाथि विश्वास छैन भन्दै यस सामसन तामाङ प्रकरण्को सीबीआईद्वारा जॉंच गराउनु पर्ने माग गरे। उनले आफु सीबीआई फेस गर्न तयार रहेको बताउॅंदै सीबीआई जॉंचपछि सबै स्पष्ट हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement