राजगञ्ज: अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भोरेर आलो थानामा र कैनलमोड़ ट्रैफिक चौकीले विभिन्न कार्यक्रम आयोजित गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाए। एसै क्रममा आमबाड़ीमा विद्यार्थीसहित जुलुस पनि निकाले।
जुलुसपछि अम्बारीको तरघेरा मैदानमा मातृभाषा दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियाे।
यस अवसरमा भोरेर आलो थानाकाे ओसी सन्दीप दत्त, कैनल मोड़ ट्रैफिक आउट पोस्टकाे ओसी बुद्ध तामाङ, गाजोलडोबा आउटपोस्टकाे ओसी हिरुकान्त सरकारलगायत विभिन्न विद्यालयका शिक्षक तथा पुलिसकर्मी उपस्थिति थिए।










