सोमसोङ तामाङलाई विपक्षी पार्टी र बाहिरको शक्तिले प्रयोग गरेको थियोः मुख्यमन्त्री तामाङ

IMG-20250221-WA0300

गान्तोक: सामसोङ तामाङ प्रकरणको प्रसङ्ग आज विधानसभामा पनि उठ्यो। यस सम्बन्धमा आफ्नो कुरा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सामसोङ तामाङलाई राज्यका विपक्षी पार्टी अनि राज्य बाहिरको कुनै शक्तिले प्रयोग गरेर खस समुदाय विरुद्ध आपत्तिजनक भिडियो बयान दिन लगाएको दावी गरे। मुख्यमन्त्रीले आफ्नो कुरा राख्दा नत कुनै राजनीतिक पार्टीको नाम लिए नत कुनै व्यक्ति विशेषको नै नाम लिए। आजको एक दिवसीय विधानसभा सत्रको धन्यवाद ज्ञापनको क्रममा पहिले मन्त्रीहरू अरुण उप्रेती र राजु बस्नेत साथै विधायक श्रीमती कला राईले सामसोङ तामाङ प्रकरणको प्रसङ्ग उठाएपछि मुख्यमन्त्रीले पनि धन्यवाद ज्ञापनकै क्रममा आफ्नो कुराहरू राखेका हुन्।
एसकेएम सरकार आएपछि मिलेर बसेका सिक्किमका सबै जात-जाति बीचमा फाटो ल्याउन, राज्यको साम्प्रदायिक सद्भावना बिगार्न अनि आगामी २६ फरवरीको दिन गेजिङमा आयोजना हुनगइरहेको अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण सङ्घको स्थापना दिवस समारोहमा बाधा पुऱ्याउन विपक्षी पार्टी र बाहिरका शक्तिले सामसोङ तामाङलाई बोल्न लगाएको मुख्यमन्त्री प्रेमसिंह तामाङको आरोप रहेको छ। पछि सामसोङ तामाङको विवादास्पद वक्तव्यलाई लिएर उनी विरुद्ध प्राथमिकी दर्ता भएपछि विपक्षी पार्टी र त्यसै कथित बाहिरको शक्तिले नै उनलाई लुकाएर राखेको पनि मुख्यमन्त्रीरो भनाइ रहेको छ। उनीहरूले नै बोल्न लगाएको अनि उनीहरूले नै लुकाएर राखेको हो, उनले भने। यसको साथै उनले नाम नलिकन केही च्यानलले पनि यस मामिलालाई अचाहिँदो पाराले प्रसारण गरेको भन्दै ती च्यानलहरू विरुद्ध कानून लगाउने चेताउनीसमेत दिएका छन्। राज्य अनि राज्यबाहिरका केही तत्वहरू सिक्किमका सबै जात जातिहरू मिलेर बसेको हेर्न चाहँदैन भन्दै तर राज्यको जातीय एक्ता अनि साम्प्रदायिक सद्भावनालाई कायम राख्न राज्य सरकार चट्टानजस्तो खड़ा रहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। हाम्रो सरकार जावोस तर सिक्किमलाई जात-जातमा टुक्रन दिनेछैनौं, उनले भने।
मुख्यमन्त्री तामाङले एसकेएम सरकारले शरुदेखि नै राज्यका विभिन्न जात जातिलाई एकै मञ्चमा ल्याएर साम्प्रदायिक सद्भावना बड़ाउने काम गरेको दावी गरे। यस क्रममा उनी पूर्वको एसडीएफ सरकारमाथि आरोप लगाउन पनि चुकेनन्। पूर्वको सरकारले फुटाउ अनि राज गर नीति अप्नाएर सरकार चलाएको उनको आरोप रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement