३ र ४ मार्चमा हुनेछ “कलाकार भरोसा सम्मेलन”

IMG-20250221-WA0293

गान्तोक: आगामी ३ र ४ मार्च २०२५ मा हुने “कलाकार भरोसा सम्मेलन” को लागि एक समन्वय बैठक आज सम्पन्न भयो। बैठकको अध्यक्षता मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णकुमारी राईले गरेकी थिइन्। कार्यक्रममा नाम्ची सिङ्गीथाङका विधायक सतीशचन्द्र राईसहित नाम्ची नगर परि षदका पार्षदगण, पञ्चायतहरु, पार्टी कार्यकर्ता, कलाकारहरु र धेरै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। बैठकको मुख्य उद्देश्य आगामी कार्यक्रमको तयारी र त्यसलाई सफल बनाउने रणनीति तय गर्ने थियो। सबै सहभागीहरूका लागि मञ्च सिर्जना गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कार्यक्रमलाई भव्य र सफल बनाउनमा जोड दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement