गान्तोकमा सिम्फेडको १४औं वार्षिक बैठक

IMG-20250221-WA0295

गान्तोक: सिक्किम राज्य सहकारी सप्लाई अनि मार्केटिङ फेडरेशन लिमिटेडको १४औं वार्षिक सभा आज राजधानीस्थित एक होटलमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता सिक्किम राज्य सहकारी सप्लाई अनि मार्केटिङ फेडरेशन लिमिटेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाको अध्यक्षतमा सम्पन्न भएको थियो। यस सभामा सिम्फेडका बोर्ड अफ् निर्देशक केपी शर्मालगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाले मुख्यमन्त्रीले आफूमाथि विश्वास गरेर सिम्फेडको अध्यक्षको पदमा नियुक्त गरेकोमा आभार व्यक्त गरे। उनले उपस्थित सदस्यहरूलाई आफ्नो क्षमताले भ्याएसम्म संस्था र यसका सदस्यहरूको सेवा गर्ने आग्रह गरेको बताए। अध्यक्षले सिक्किम राज्यको भविष्यको लागि सिम्फेड र यसका सदस्यहरूले मिलेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले सिम्फेडले भोकल फर लोकल-को मन्त्र पालना गर्ने र राज्यका किसानहरूलाई उत्पादनलाई बजारीकरण गर्नमा सहय़ोग पुऱ्याउने बचन दिए। प्रबन्धक निर्देशक शर्माले आगामी वर्षहरूमा महासंघको प्रगतिको आधारमा, महासंघले लाभांशको दर बढाउने प्रयास गर्ने आश्वासन दिए। सिम्फेडका सदस्य शेयरधारकहरूले आफ्नो शेयर होल्डिङबाट लाभान्वित हुन सक्ने बताए। प्रबन्ध निर्देशकले सिमफेडले राज्यको कृषि, बागवानी र फूल उत्पादन अतिरिक्त उत्पादनको बजारीकरणलाई सर्वोच्च प्राथमिकता दिएको जानकारी गराए।सरकारद्वारा घोषणा गरिएको उत्पादन प्रोत्साहन योजना अन्तर्गत सिम्फेडले अदुवा, सुन्तला, अलैंची, दाल आदि जस्ता विभिन्न उत्पादनहरूको बजारीकरण गरेको जानकारी दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement