पाचेमा महिलाहरुलाई आत्मरक्षाबारे प्रशिक्षण

IMG-20250221-WA0294

गान्तोक: ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको दशौं वार्षिकोत्सवको अवसरमा महिलाहरूको आत्मरक्षालाई लिएर एक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। आज पाचेमा सम्पन्न यस अवसरमा सामाजिक न्याय कल्याण अधिकारी एवं महिला अनि बाल विकास विभागकी उपनिर्देशक डिकिता लेप्चाले किशोरीहरूको सुरक्षासँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा जानकारी दिइन्। जसमा हेल्पलाइन नम्बर, महिनावारी स्वच्छता र बालिका शिक्षाको महत्त्वबारे प्रकाश पारिन्। यो पहल ‘बेटी बचाओ बेटी पढाओ’को दशकीय उत्सवको एक प्रमुख अंश थियो। जसको उद्देश्य महिलाहरूलाई उनीहरूको आत्मविश्वास बढाउन र सुरक्षा सुनिश्चित गर्न आवश्यक आत्मरक्षा सम्वन्धि तालिम प्रदान गरेर सशक्तिकरण गराउनु रहेको बताइन्। अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियन फुर डिकी शेर्पाले प्रशिक्षकको रूपमा सेवा पुऱ्याउँदै सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गरिन्। उनले महिलाहरूको सुरक्षा र उत्थान गर्ने बेटी बचाओ बेटी पढाओ मिशनअनुरूप आत्मरक्षाको महत्वमाथि जोड दिइन्। यस प्रशिक्षण कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई स्मृति चिन्ह प्रदान गरियो भने प्रशिक्षकहरूलाई सम्मान जनाइयो। विभागले भविष्यमा यस्ता सशक्तिकरण पहलहरूलाई निरन्तरता दिने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement