गेजिङ: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आज एक प्रेस बयान जारी गर्दै सिक्किम पुलिस प्रशासन, मुख्यमन्त्री तथा विभिन्न संस्थाहरूप्रति आभार व्यक्त गरेको छ। आज गेजिङस्थित क्योङ्सा खेलमैदानमा एक पत्रकार सम्मेलन डाकेर अखिल सिक्किम खस कल्याण संघले धन्यवाद प्रकट गरेको हो। सामसन तामाङ प्रकरणमा सिक्किम पुलिसको कार्यलाई लिएर संघले आभार व्यक्त गरेको हो। संघका अध्यक्ष नारायण खतिवडाले सिक्किम पुलिसलाई यस घटनाको गम्भीर अनुसन्धान गर्दै दोषीको पहिचान तथा गिरफ्तारी सुनिश्चित गरेकोमा धन्यवाद प्रकट गरे। संघले राज्य सरकारका मुख्यमन्त्री गोलेलाई यस संवेदनशील मुद्दामा देखाएको चासो र न्यायको पक्षमा लिएको अडानप्रति कृतज्ञता व्यक्त गरेको छ।